Kath Khabar
नेप्से सुचक तथा कारोवार रकम दुबैमा सामान्य बृद्धि

काठमाडौं, साउन २५ । नेप्से सुचक तथा कारोवार रकम दुबै बढेकाछन् । आज सोमबार नेप्से एक दशमलव ५४ अंकले बढेर तीन हजार एक सय नौ दशमलव ६६ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव पाँच अंकले घटेर पाँच सय ७५ दशमलव ९५ अंकमा चढेको छ । आज दुई सय २४ वटा कम्पनीहरुको एक लाख २८ हजार नौ सय २९ वटा कारोवारमा दुई करोड ५३ लाख ९३ हजार छ सय ९९ कित्ता शेयर किनबेच हुँदा कारोवार रकम १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार आठ सय ८१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुँदा वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, लघुवित्त, ट्रेडिङ, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी सहितका नौ वटा समुहको सुचक घटेकाछन् भने जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा र जीवन बीमा सहितका चार वटा समुहको सुचक बढेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज आईसीएफसी फाईनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर आदिको शेयर मुल्य बढेकाछन् भने सारथी नेपाल लघुवित्त वित्तीय संस्था, नेपाल फाईनान्स, मिर्मिरे माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड आदिको बढी रकम कारोवार भएकाछन् ।

 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update