
काठमाडौँ, साउन २६ । चन्द्रागिरी हिल्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म २५ करोड ३८ लाख ४२ हजार रुपैयाँमा घाटामा देखिएको छ ।
अघिल्लो आर्थिक वर्ष पनि चन्द्रागिरी हिल्स साढे १० करोड रुपैयाँ भन्दा धेरै घाटामा थियो । कोभिड १९ का कारण भएको लकडाउनले गर्दा चन्द्रागिरी केवलकार तथा रिसोर्ट खुला गर्न सकिएको छैन । लामो समय बन्द भए कै कारण चन्द्रागिरी घाटामा गएको हो । वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको ४१ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी थियो ।
चन्द्रागिरिको घाटा चुलिएका कारण जगेडा कोष पनि ऋणात्मक निक्कै बढेर गएको छ । करिव १८२ प्रतिशतले ऋणात्मक जगेडा बढेको हो । वित्तीय विवरण अनुसार, जगेडा कोष ३९ करोड ३५ लाख रुपैयाँले ऋणात्मक भैसकेकोछ ।
कम्पनीको परफर्मेन्स खराब रहेपनि शेयर मूल्य १५८८ रुपैयाँ छ । प्रति शेयर आम्दानी साढे १६ रुपैयाँले ऋणात्मक छ ।