Kath Khabar
नेप्सेमा ५१ दशमलव ८६ अंकको उच्च बृद्धि

काठमाडौ, साउन २६ । आज मंगलबार नेप्से ५१ दशमलव ८६ अंकंले बढेर तीन हजार एक सय ६१ दशमलव ४४ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि १२ अंकले बढेर पाँच सय ८७ दशमलव ९५ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको एक लाख ६३ हजार नौ सय ६९ पटक शेयर किनबेच भएकाछन् । सोही आधारमा आज तीन करोड ३५ लाख ३५ हजार दुई सय १३ कित्ता शेयर किनबेच हुँदा कुुल शेयर कारोवार रकम १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार दुई सय ७९ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, निर्जिवन बीमा, लघुवित्त, जीवन बीमा, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी सहितका १० वटा समुहहरुको सुचक बढेकाछन् भने ट्रेडिङ, होटल तथा पर्यटन र जलबिद्युत सहितका तीन वटा समुहहरुको सुचक घटेकाछन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज सेन्ट्रल फाईनान्स, बेष्ट फाईनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने साँञ्जेन जलबिद्युत कम्पनी, सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाईड्रो पावर कम्पनी आदि परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अपरतामाकोशी हाईड्रो पावर कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी, अपी पावर कम्पनी आदि परेकाछन् ।

 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update