Kath Khabar
नेप्सेमा शुन्य दशमलव ९४ अंकले बृद्धि

काठमाडौं, साउन २७ । नेप्से सामान्य अंकले बढेको छ । आज बुधबार नेप्से शुन्य दशमलव ९४ अंकले बढेर तीन हजार एक सय ६२ दशमलव ५९ अंकमा पुग्न सफल भएको छ भने सेन्सिटिभ भने दुई दशमलव ३८ अंकले घटेर पाँच सय ८५ दशमलव ७१ अंकमा झरेको छ । आज दुई सय ३० वटा कम्पनीहरुको एक लाख ३९ हजार दुई सय १८ वटा कम्पनीहरुको दुई करोड ७२ लाख ९८ हजार छ सय २४ कित्ता शेयर किनबेच भएकाछन् भने कारोवार रकम १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार सात सय ५४ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, ट्रेडिङ, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी सहितका आठ वटा समुहको सुचक बढेकाछन् भने होटल तथा पर्यटन, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा र लघुवित्त सहितका पाँच वटा समुहको सुचक बढेकाछन् ।

कारोवार भएका कम्पनीहरु मध्ये आज रुरु जलबिद्युत कम्पनी, रिडी हाईड्रो पावर कम्पनी, ज्योति विकास बैंक आदिको शेयर मुल्य बढेकाछन् भने जानकी फाईनान्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी, आईसीएफसी फाईनान्स आदिको बढी रकम कारोवार भएकाछन् ।  

 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update