Kath Khabar
सिईडीबी हाईड्रोको २५ करोड १८ लाख रुपैयाँको साधारण सेयर वैशाख १७ गतेबाट

काठमाडौ, वैशाख ८ । सिईडीबी हाईड्रो पावर कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीका अनुसार यही वैशाख १७ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २५ लाख १८ हजार दुुई सय ३० कित्ता साधारण सेयर निष्काशन गर्न लागिएको हो । 
निष्काशन गरिने कुुल सेयर मध्येमा पाँच प्रतिशत अर्थात एक लाख २५ हजार नौ सय ११ कित्ता सेयर सामुुहिक लगानी कोषको लागि छुट्याईएको छ भने दुुई प्रतिशत अर्थात ५० हजार दुुई सय ६५ कित्ता कर्मचारीहरुको लागि सुरक्षित गरिएको छ । यसबाहेक बाँकी रहेको २३ लाख ४१ हजार नौ सय ५४ कित्ता सेयर भने सर्वसाधारणको लागि बिक्री गरिने गरिने कम्पनीले जानकारी दिएको छ । 
कम्पनीको हाल अधिकृत पुंजी एक अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जारी पुंजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ रहेको छ । तत्कालको लागि चुक्ता पुंजी ५८ करोड ७५ लाख ८७ हजार रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुुग्ने छ । सनराईज क्यापिटल लिमिटेड सेयर बिक्री प्रर्वन्धक रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा वैशाख २१ गते र ढिलोमा यही बैशाख ३१ गते बन्द हुुने छ ।  

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update