
काठमाडौं, साउन २८ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से १६ अंकले बढेर रोकिएको छ । नेप्से आज १६ दशमलव ४१ अंकले बढेर तीन हजार एक सय ७९ अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ४६ अंकले बढेर पाँच सय ९१ दशमलव १६ अंकमा पुगेर रोकिएको छ । आज नेप्सेमा दुुई सय २५ वटा वटा कम्पनीहरुको एक लाख ५४ हजार छ सय ६० पटकको कारोवारमा तीन करोड ६६ लाख आठ हजार चार सय ६१ कित्ता शेयर किनबेच भएको छ भने कुल शेयर कारोवार रकम १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी सहितका सात वटा समुहको सुचक बढेकाछन् भने जलबिद्युत, निर्जिवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य र लघुवित्त सहितका छ वटा समुहको सुचक घटेकाछन् ।
कारोवार भएका कम्पनीहरु मध्ये आज रुरु जलबिद्युत कम्पनी, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक आदिको शेयर मुल्य बढेकाछन् भने एभरेष्ट बैंकको कन्भर्टेवल शेयर, एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, हिमालयन पावर पार्टनर आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपर तामाकोशी हाईड्रो पावर कम्पनी, कामना सेवा विकास बैंक, शाईन रेसुंगा डेभलपमेन्ट बैंक आदिको बढी रकम कारोवार भएकाछन् ।