
काठमाडौ, बैशाख ८
सेयर बजारको ओरालो यात्राले आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झिनो अंकले सुधार देखिएको सेयर बजार परिसुचक आज बुधबार भने पुुन ३२ दसमलव ४१ अंकले घटेर २६ सय ३२ अंकमा सिमित हुुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव २१ अंकले घटेर चार सय ७३ दसमलव ३९ अंकमा सिमित हुुन पुगेको छ ।
धितोपत्र बजारमा आज दुुई सय १४ वटा कम्पनीहरुको ६६ हजार चार सय ८० पटकको कारोवारमा एक करोड ३७ लाख ८७ हजार दुुई सय १८ कित्ता सेयर किनबेच हुुदा कारोवार रकम पाँच अर्ब ७७ करोड २२ लाख ५१ हजार दुई सय तीन रुपैयाँ पुगेको छ । आज बाँणिज्य बैंैक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युुत सहितका १३ वटा उपसमुहको कारोवार भएकोमा सामुुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेर बाँकी समुहको सुचक उच्च घटेकाछन ।
आज ज्योति लाईफ इन्स्योरेन्स कम्पनी, महिला लघुुबित्त बित्तीय संस्था आदिले कमाएकाछन भने लिवर्टी इर्नर्जी कम्पनी, हिमालयन पावर पार्टनर कम्पनी आदिले गुमाएकाछन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नागरिक लगानी कोष, मञ्जुुश्री फाईनान्स आदिको भने आज बढी रकम कारोवार भएको छ ।