
काठमाडौं, साउन ३१ । चालु आर्थिक बर्षको मौद्रिक नीति घोषण संगै नेप्से घट्न थालेको छ । मौद्रिक नीति घोषणापछिको पहिलो दिन आज आईतबार नेप्से उच्च अंकले घटेको । नेप्से आज २४ दशमलव ८८ अंकले घटेर तीन हजार एक सय ५४ दशमलव तीन अंकमा सिमित हुन पुगेको छ भने सेन्सिटिभ एक दशमलव नौ अंकले घटेर पाँच सय ८९ दशमलव २८ अंकमा सिमित हुन पुगेको छ ।
आज नेप्सेमा दुई सय २२ वटा कम्पनीहरुको एक लाख ८९ हजार सात सय ३६ पटकको कारोवारमा तीन करोड ५५ लाख ५० हजार छ सय ८८ कित्ता शेयर किनबेच भएको छ भने शेयर कारोवार रकम २१ अर्ब ६४ करोड ४७ लाख छ हजार छ सय ५५ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएको छ । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, अन्य र सामुहिक लगानी कोष सहितका १० वटा समुहको सुचक घटेकाछन् भने उत्पादनमुलक, लघुवित्त र लगानी सहितका तीन वटा समुहको सुचक बढेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज खानीखोला हाईड्रो पावर कम्पनी, युनियन लाईफ इन्स्योेरेन्स कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने एनआईबिएल प्रगति फण्ड, रिडी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेकाछन् । कारोवार रकम तर्फ भने आज नेपाल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, अपी पावर लिमिटेड आदिको बढी शेयर किनबेच भएकाछन् ।