Kath Khabar
सम्हालियो नेप्से

काठमाडौं, साउन ३२ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार भने केही सम्हालिएको छ । नेप्से आज पाँच दशमलव ७२ अंकले बढेर तीन हजार एक सय ६० दशमलव पाँच अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५६ अंकले बढेर पाँच सय ९२ दशमलव ९३ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय २७ वटा कम्पनीहरुको एक लाख ५९ हजार ९३ पटकको कारोवारमा दुई करोड ८६ लाख १७ हजार आठ सय पाँच कित्ता शेयर किनबेच भएकाछन् । जसबाट आज १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार नौ सय ३८ रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुँदा वाणिज्य बैंक, निर्जिवन बीमा, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन र सामुहिक लगानी कोष सहितका छ वटा समुहको सुचक घटेकाछन् भने विकास बैंक, जलबिद्युत, लघुवित्त, ट्रेडिङ, उत्पादनमुलक, अन्य र लगानी सहितका सात वटा समुहको सुचक बढेकाछन् ।  

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज कर्पोरेट डेभलपमेन्ट बैंक, खानीखोला हाईड्रो पावर कम्पनी, ज्योति विकास बैंक आदिको शेयर मुल्य बढेकाछन् भने आईसीएफसी फाईनान्स, नेपाल एसबिआई बैंक, गोर्खाज फाईनान्स आदिको शेयर मुल्य घटेकाछन् । आज नेशनल हाईड्रो पावर कम्पनी, नेपाल बैंक, अपी पावर लिमिटेड आदिको भने बढी रकम कारोवार भएकाछन् ।  

 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update