
काठमाडौं, भदौ १ । नेप्से सामान्य अंकले बढेको छ । आज मंगलबार नेप्से शुन्य दशमलव २३ अंकले बढेर तीन हजार एक सय ६० दशमलव ३१ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३५ अंकले बढेर पाँच सय ९३ दशमलव २८ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय २१ वटा कम्पनीहरुको एक लाख ६१ हजार सात सय २१ पटक शेयर किनबेच भएकाछन् । सोही आधारमा आज तीन करोड छ लाख १३४ हजार चार सय ३९ कित्ता शेयर खरिद विक्री भएकाछन् भने शेयर कारोवार रकम १८ अर्ब २० करोड ४९ लाख ३९ हजार दुई सय ३७ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् जसमध्ये वाणिज्य बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष सहितका सात वटा समुहरुको सुचक घटेकाछन् भने विकास बैंक, जलबिद्युत, फाईनान्स, लघुवित्त र लगानी सहितका छ वटा समुहको सुचक बढेकाछन् ।
कारोवार भएका कम्पनीहरु मध्ये आज जोशी हाईड्रो पावर कम्पनी, दिब्येश्वरी हाईड्रो पावर कम्पनी, रुरु जलबिद्युत कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने एनआईबिएल प्रगती फण्ड, युनियन लाईफ इन्स्योरेन्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मुल्य घटेकाछन् । रकम कारोवारका आधारमा भने आज अपी पावर लिमिटेड, अरुण कावेली पावर लिमिटेड, रिडी हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।