Kath Khabar
नेप्से ऐतिहासिक बिन्दुमा

काठमाडौं, भदौ २ । आज बुधबार नेप्से ऐतिहासिक बिन्दुमा पुगेको छ । नेप्से आज ३८ दशमलव २८ अंकले बढेर तीन हजार एक सय ९८ दशमलव ६० अंकमा पुगेको छ भने सेन्सिटिभ पनि चार दशमलव ८३ अंकले बढेर पाँच सय ९८ दशमलव ११ अंकमा पुगेको छ । आज दुई सय २८ वटा कम्पनीहरुको एक लाख ८८ हजार चार सय ५४ पटकको कारोवारमा तीन करोड ६५ लाख नौ हजार सात सय ५१ कित्ता शेयर किनबेच भएको आधारमा कारोवार रकम २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार दुई सय ६९ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुँदा ट्रेडिङ र सामुहिक लगानी कोष समुहको सुचक घटेकाछन् भने वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी सहितका ११ वटा समुहको सुचक बढेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज शिवम सिमेन्ट, पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी, ज्योति विकास बैंक आदिको शेयर मुल्य बढेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सिद्धार्थ बैंकको ऋणपत्र, एनआईबिएल समृद्धि फण्ड, आईसीएफसी फाईनान्स आदि परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेशनल हाईड्रो पावर कम्पनी अरुण भ्याली हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड आदि परेकाछन् ।

 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update