Kath Khabar
कोभिड– १९ को भ्याक्सिन लगाउनेलाई चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट

काठमाडौ, बैशाख ९ । विश्वव्यापीरूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका आगन्तुकहरूलाई चन्द्रागिरी केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने छ ।


कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने बिश्सास लिएको कम्पनीले जनाएको छ । यो योजना यही मिति २०७८ साल वैशाख ०९ गतेबाट शुरू भइ जेठ १७ (२२ अप्रिल–३१ मे २०२१) सम्मको लागि मान्य हुनेछ ।


ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update