Kath Khabar
नेप्सेमा झण्डै १९ अंकले गिरावट

काठमाडौं, भदौ ३ । नेप्से झण्डै १९ अंकले घटेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से १८ दशमलव २४ अंकले घटेर तीन हजार एक सय ८० दशमलव ७४ अंकमा सिमित हुँदा सेन्सिटिभ पनि आठ दशमलव ३३ अंकले घटेर पाँच सय ९० दशमलव १५ अंकमा सिमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय २९ वटा कम्पनीहरुको एक लाख ८८ हजार १७ पटकको कारोवारमा तीन करोड नौ लाख १२ हजार छ सय ९७ कित्ता शेयर किनबेच हुँदा कारोवार रकम २० अर्ब ४९ करोड ९२ लाख १० हजार सात सय ६७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुँदा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी सहितका आठ वटा समुहको सुचक घटेकाछन् भने निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त, ट्रेडिङ र अन्य सहितका पाँच वटा समुहको सुचक बढेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज ज्योति विकास बैंक, युनाईटेड इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने खानीखोला हाईड्रो पावर कम्पनी, पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी, ङादी ग्रुप पावर लिमिटेड, रुरु जलबिद्युत कम्पनी आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण कावेली पावर लिमिटेड, अरुण भ्याली हाईड्रो पावर कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update