Kath Khabar
साताको अन्तिम कारोवार दिन यस्तो रह्यो, सेयर बजार

काठमाडौ, बैशाख ९

अघिल्लो दिन उच्च अंकले घटेको सेयर बजार साताको अन्तिम कारोवार दिन अर्थात आज बिहिबार भने बढेको छ । नेप्से आज १५ दसमलव आठ अंकले बढेर २६ सय ४८ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव २१ अंकले बढेर चार सय ७६ दसमलव ६० अंकमा पुगेको छ । धितोपत्र बजारमा आज दुुई सय १४ वटा कम्पनीहरुको ७५ हजार एक सय आठ पटकको कारोवारमा एक करोड ३० लाख ३२ हजार आठ सय २३ कित्ता सेयर खरिद बिक्री भएकाछन् । यसबाट आज कुल कारोवार रकम पाँच अर्ब ९१ करोड ५१ लाख ३९ हजार आठ सय ८८ रुपैयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहको कारोवार भएकोमा होटल तथा पर्यटन र सामुुहिक लगानी कोष समुहको सुचक झिनो अंकले घटेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा उपसमुहको सुचक उच्च अंकले बढेकाछन । आज कारोवार भएका कम्पनीहरु मध्ये बिशाल बजार कम्पनी, सिन्धुु बिकास बैक आदिको सेयर मुल्य बढेको छ भने हिमालयन ऊर्जा बिकास कम्पनी, पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी आदिको सेयर मुल्य घटेका छन् । यसैगरी आज कारोवार भएका मध्ये एनसीसी बैंक, नेपाल इन्फ्रास्क्चर बैंक आदिको सबैभन्दा बढ रकम कारोवार भएको छ ।  

 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update