
काठमाडौँ, भदौ ८ । नेप्से आज मंगलबार उच्च अंकले घटेको छ । आज नेप्से ५६ दशमलव तीन अंकले घटेर तीन हजार एक सय २४ दशमलव ८७ अंकमा सिमित हुँदा सेन्सिटिभ पनि १२ दशमलव ८१ अंकले घटेर पाँच सय ७७ दशमलव ६६ अंकमा सिमित हुुन पुुगेको छ ।
आज नेप्सेमा दुुई सय २५ वटा कम्पनीहरुको एक लाख ५६ हजार नौ सय १३ पटकको कारोवारमा दुई करोड ५३ लाख १६ हजार आठ सय पाँच कित्ता शेयर किनबेच भएकाछन् । सोही किनबेचका आधारमा आज कुुल शेयर कारोवार रकम १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको शेयर कारोवार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुवित्त, सामुुहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहको सूचक घटेकाछन् भने फाईनान्स र निर्जिवन बीमा समुहको सूचक बढेकाछन् ।
कारोवार भएका कम्पनीहरु मध्ये आज गोर्खाज फाईनान्स, जीवन विकास लघुुवित्त वित्तीय संस्था, सेन्ट्रल फाईनान्स आदिको सेयर मुल्य बढेकाछन भने जोशी हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड, खानीखोला हाईड्रो पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेकाछन् । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सूचीमा भने आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड, नेशनल हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।