
काठमाडौं, भदौ ९ । के तपाई साधारण शेयरमा लगानी गर्ने सोचमा हुुनुहुन्छ ? यदि हुनुहुन्छ भने तेह्रथुम पावर कम्पनीको साधारण शेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले कम्पनीले भदौ नौ गते अर्थात आज बुधबारबाट एक सय रुपैयाँं अंकित मुल्य कायम रहेको आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण शेयरको बिक्री खुल्ला गरेको हो ।
एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रवन्धक रहेको कम्पनीको शेयर बिक्री कार्य छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २३ गते बन्द हुने छ । खरिदकर्ताहरुको लागि न्युनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मको सिमा तोकिएको छ। बिक्री गरिने कुल शेयर मध्येमा पाँच प्रतिशतका दरले ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि, दुई प्रतिशतका दरले १६ हजार कित्ता कर्मचारीहरुको लागि र बाँकी सात लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणको छुट्याईएको कम्पनीले जनाएको छ ।