Kath Khabar
नेप्सेको उकालो यात्रामा आज पनि लाग्यो ब्रेक

काठमाडौं, भदौ ९ । नेप्सेको उकालो यात्रामा आज बुधबार पनि ब्रेक लागेको छ । आज बुधबार नेप्से ४८ दशमलव ४२ अंकले घटेर तीन हजार ७६ दशमलव ४४ अंकमा सिमित हुन पुगेको छ भने सेन्सिटिभ पनि नौ दशमलव ६७ अंकले घटेर पाँच सय ६७ दशमलव ९९ अंकमा सिमित हुन पुगेको छ ।

आज दुई सय २७ वटा कम्पनीहरुको एक लाख १८ हजार नौ सय ७२ पटकको कारोवारमा एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर खरिद बिक्री हुंदा कारोवार रकम १२ अर्ब नौ करोड २१ लाख तीन हजार पाँच सय चार रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज जीवन विकास लघुवित्त वित्तीय संस्था, दिव्येश्वरी हाईड्रो पावर कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने रुरु जलबिद्युत कम्पनी, खानीखोला हाईड्रो पावर कम्पनी, सिंगटी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी आज अरुण कावेली हाईड्रो पावर कम्पनी, रिडी हाईड्रो पावर कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदिको बढी रकम कारोवार भएकाछन् ।  

 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update