
काठमाडौं, भदौ १० । नेप्से बढेको छ । आज बिहिबार नेप्से १७ दशमलव छ अंकले बढेर तीन हजार ९४ दशमलव पाँच अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ पनि आज तीन दशमलव चार अंकले बढेर पाँच सय ७१ दशमलव ३९ अंकमा पुगेर रोकिएको छ । आज दुई सय ३२ वटा कम्पनीहरुको एक लाख ३० हजार नौ सय ३८ पटकको कारोवारमा दुई करोड १६ लाख ९० हजार पाँच सय ८५ कित्ता शेयर किनबेच भएको छ । सोही आधारमा आज कुल कारोवार रकम १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार सात सय ९२ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी सहितका आठ वटा समुहको सुचक घटेकाछन् भने विकास बैंक, जलबिद्युत, फाईनान्स, लघुवित्त र होटल तथा पर्यटन सहितका पाँच वटा समुहको सुचक बढेकाछन् ।
कारोवार भएका कम्पनीहरु मध्ये आज बढी कमाउने कम्पनीहरुको सुचीमा अरुण खोला हाईड्रो पावर कम्पनी, नारायणी डेभलपेन्ट बैंक, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने सिटिजन्स म्युचुअल फण्ड २, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड, नयाँ सारथी लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड, रिडी हाईड्रो पावर कम्पनी आदिको भने बढी रकम कारोवार भएकाछन् ।