Kath Khabar
एकै दिन ४९ अंकले घट्यो नेप्से

काठमाडौं, भदौ १३ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से उच्च अंकले घटेको छ । आज नेप्से ४९ दशमलव १८ अंकले घटेर तीन हजार ४४ दशमलव ८६ अंकमा सिमित भएको छ भने सेन्सिटिभ पनि आठ दशमलव ५७ अंकले घटेर पाँच सय ६२ दशमलव ८८ अंकमा सिमित भएको छ । आज नेप्सेमा दुई सय २७ वटा कम्पनीहरुको एक लाख ५९ हजार एक सय ३७ पटकको कारोवारमा दुई करोड ४८ लाख ८८ हजार तीन सय १३ कित्ता शेयर किनबेच भएकाछन् भने शेयर कारोवार रकम १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार पाँच सय पाँच रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । जसमध्ये फाईनान्स समुहको सुचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा समुहहरुको सुचक उच्च अंकले घटेकाछन् । कारोवार भएका कुल कम्पनीहरु मध्ये आज बढी कमाउने कम्पनीहरुको सूचीमा नारायणी डेभलपेन्ट बैंक, खानीखोला हाईड्रो पावर कम्पनी, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीहरु आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचिमा रुरु जलबिद्युत परियोजना लिमिटेड, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड, आईसीएफसी फाईनान्स आदि परेकाछन् ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण भ्याली हाईड्रो पावर कम्पनी ज्योति विकास बैंक, अरुण कावेली पावर लिमिटेड आदि परेकाछन् ।   

 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update