
काठमाडौं, भदौ १५ । आज मंगलबार नेप्से ६९ दशमलव पाँच अंकले घटेर दुुई हजार नौ सय ७५ दशमलव ८४ अंकमा सिमित हुुन पुुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ३४ अंकले घटेर पाँच सय ५० दशमलव ५२ अंकमा सिमित हुुन पुुगेको छ ।
आज दुुई सय २७ वटा कम्पनीहरुको एक लाख ३० हजार सात सय ७४ पटकको कारोवारमा दुुई करोड ३१ लाख नौ हजार सात सय १३ कित्ता शेयर किनबेच भएकाछन् । सो अनुसार आज कुुल कारोवार रकम १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार एक सय सात रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहको सुचक उच्च अंकले घटेर नेप्से पुरै रातो भएको छ ।
कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज कर्णाली डेभलपमेन्ट बैंक, मनकामना स्मार्ट लघुुवित्त वित्तीय संस्था, गुराँस लघुुवित्त वित्तीय संस्था, सिटिजन्स म्युुचुअल फण्ड १ आदिको शेयर मुल्य बढेकाछन् भने रुरु जलबिद्युत आयोजना, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड, गोर्खाज फाईनान्स, माउन्टेन हाईड्रो पावर नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी रकम कारोवारका आधारमा भने भने अरुण भ्याली हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदि परेकाछन् ।