
काठमाडौ, भदौ १६ । अपाङ्गता भएकाहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चितताको माग गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आङ छोङ्बा शेर्पाले अपाङ्गता व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्टाएर सुनिश्चितता गर्न माग गर्नुभएको हो ।
शेर्पाले म्युच्युअल फण्ड, कर्मचारीलाई पनि आईपीओको प्रतिशत छुट्टाईएको भन्दै अपांगहरुलाई पनि केही प्रतिशत छुट्याउन माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘म्युच्युअल फण्ड तथा कर्मचारीलाई आईपीओको प्रतिशत छुट्याईएका छ, तर अपांगहरुलाई छैन, हामीलाई पनि पाँच देखि १० प्रतिशतसम्म छुट्टाउनुपर्छ ।’
उहाँले धेरै संघ/संस्थाहरुले विदेशबाट रकम ल्याएर आफ्नो दानापानीको व्यवस्था गर्ने भएकोले आफु कुनै संघ/संस्थामा आवद्ध नभएको समेत बताउनुभयो । शेर्पाले उमेरमै आईपीओ बारेमा जानकारी पाउने मौका नपाएको भन्दै आधा उमेर बितेपछि बुझेर सबै अपांगहरुको लागि केही गर्न खोजेको बताउनुभयो ।