
काठमाडौं, भदौ १६ । नेप्से सामान्य अंंकले बढेको छ । आज बुधबार नेप्से एक दशमलव १४ अंकले बढेर दुई हजार नौ सय ७६ दशमलव ९८ अंकमा सिमित हुन पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १७ अंकले बढेर पाँच सय ५० दशमलव ६९ अंकमा सिमित हुन पुगेको छ ।
आज नेप्सेमा दुई सय २६ वटा कम्पनीहरुको एक लाख चार हजार तीन सय ४२ पटकको कारोवारमा एक करोड ७१ लाख ८२ हजार आठ सय ७१ कित्ता शेयर किनबेच भएको छ भने कुल शेयर कारोवार रकम नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार छ सय ५५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लगानी र ट्रेडिङ सहितका पाँच वटा समुहको सुचक बढेकाछन् भने विकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य सहितका आठ वटा समुहको सुचक घटेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज रुरु जलबिद्युत कम्पनी, ओरन्टल होटल समुह, सोल्टी होटल लिमिटेड आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने सनराईज फष्ट म्युचुअल फण्ड, समिट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक आदि परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड आदि परेकाछन् ।