Kath Khabar
शेयर बजारमा भिषण पहिरो, ५० अंकले बजार घट्दा नौ अर्ब ५० करोड रुपैयाँको मात्र कारोवार

काठमाडौं, भदौ १७ । शेयर बजारमा भिषण पहिरो गएको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार शेयर बजार परिसुचक नेप्से ५० दशमलव १३ अंकले घटर दुई हजार नौ सय २६ दशमलव ८९ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव नौ अंकले घटेर पाँच सय ४१ दशमलव ७७ अंकमा झरेको छ । आज दुई सय ३० वटा कम्पनीहरुको एक लाख पाँच हजार सात सय ७५ पटकको कारोवारमा एक करोड ८१ लाख नौ हजार नौ सय ६७ कित्ता शेयर किनबेच भएको छ भने शेयर कारोवार रकम नौ अर्ब ५० करोड पाँच लाख ९७ हजार आठ सय २२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, लघुवित्त सहितका १३ वटै समुहको सुचक घटेर नै पुरै रातो भएको । कारोवार भएका कुल कम्पनीहरु मध्ये आज शुर्या लाईफ इन्स्योरेन्स, चन्द्रागिरी हिल्स लिमिटेड, मनकामना स्र्माट लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेकाछन् भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, रुरु जलबिद्युत कम्पनी आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी आदिको भने बढी रकम कारोवार भएकाछन् ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update