Kath Khabar
नेप्सेमा एक सय आठ अंकको भिषण पहिरो

काठमाडौं, भदौ २०। नेप्से एकै दिन एक सय आठ दशमलव २६ अंकले घटेर दुई हजार आठ सय १८ दशमलव ७२ अंकमा पुगेको छ । आज सेन्सिटिभ पनि १९ दशमलव ७६ अंकले घटेर पाँच सय २२ दशमलव एक अंकमा पुगेको छ । दुई सय २३ वटा कम्पनीहरुको एक लाख २९ हजार एक सय ४२ पटकको कारोवारमा आज दुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता शेयर किनबेच भएको छ भने कारोवार रकम ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक घटेर नेप्से रातै भएको छ ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज सूर्या लाईफ इन्स्योरेन्स कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था,आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने जानकी फाईनान्स, रुरु जलबिद्युत आयोजना, नारायणी डेभलपमेन्ट बैंक आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल बैंक आदि परेकाछन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update