Kath Khabar
नेप्सेमा आज पनि भिषण पहिरो

काठमाडौं, भदौ २२ । नेप्सेमा आज मंगलबार पनि भिषण पहिरो गएको छ । आज नेप्से ४४ दशमलव १८ अंकले घटेर २९ सय ३६ दशमलव ६० अंकमा सिमित हुँदा सेन्सिटिभ पनि पाँच दशमलव पाँच अंकले घटेर पाँच सय ४८ दशमलव ३५ अंकमा सिमित हुन पुगेको छ । दुई सय २२ वटा कम्पनीहरुको आज ८६ हजार पाँच सय आठ पटकको कारोवारमा एक करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएकाछन् भने शेयर कारोवार रकम सात अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा अन्य र सामुहिक लगानी कोष समुहरुको सुचक बढेर वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, लघुवित्त र लगानी सहितका ११ वटा समुहहरुको सूचक घटेकाछन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज सूर्या लाईफ इन्स्योरेन्स कम्पनी, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी, युनिलिभर नेपाल लिमिटेड आदिको शेयर मुल्य बढेकाछन् भने आरएमडिसी लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, आरएमडिसी लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज युनाईटेड मोदी हाईड्रो पावर कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड आदि परेकाछन् ।  

 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update