
काठमाडौं, भदौ २३ । नेप्सेमा पहिरो आउने क्रम अझै रोकिएको छैन । आज बुधबार पनि नेप्से ६० दशमलव दुई अंकले घटेर दुई हजार आठ सय ७६ दशमलव ५९ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि ११ दशमलव ९१ अंकले घटेर पाँच सय ३६ दशमलव ५१ अंकमा सिमित हुन पुगेको छ ।
आज दुई सय २५ वटा कम्पनीहरुको ७४ हजार आठ सय ९० पटकको कारोवारमा एक करोड ६१ लाख ४८ हजार छ सय ५२ कित्ता शेयर किनबेच भएको छ भने कुल शेयर कारोवार रकम छ अर्ब ६४ करोड ६६ लाख २३ हजार चार सय २७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त, उत्पादनमुलक सहितका सबै समुहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । कारोवार भएका कुल कम्पनीहरु मध्ये आज सूर्या लाईफ इन्स्योरेन्स कम्पनी, युनिभर्सल पावर कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक आदिको शेयर मुल्य बढेकाछन् भने लाईफ इन्स्योरन्स कर्पोरेसन नेपाल लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, एनआईबिएल समृद्धि फण्ड १, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी आदिको शेयर मुल्य घटेकाछन् ।
यसैगरी बढी रकम करोवार गर्ने कम्पनीहरुको सुचीमा भने युनाईटेड मोदी हाईड्रो पावर कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर कम्पनी आदि परेकाछन् ।