
काठमाडौं, वैशाख १२ । यो साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्से नकारात्मक देखिएको छ । नेप्से एकै दिन ७५ दशमलब ७९ अंकले घटेर २५ सय ७२ दशमलब २२ अंकमा झर्दा लगानीकर्ताहरु आज निराश देखिएकाछन् । सेन्सिटिभ इन्डेक्स पनि आज १२ दशमलब ५६ अंकले घटेर चार सय ६४ दशमलब पाँच अंकमा झरेको छ ।
आज १३ वटा समुहको समुह अन्र्तगत दुुई सय १५ वटा कम्पनीहरुको सेयर किनबेच भएकाछन् । ति कम्पनीहरुको एक लाख चार हजार ४० पटकको कारोवारमा एक करोड ४६ लाख ९० हजार सात सय २० कित्ता सेयर खरिद बिक्री भएकाछन् । सोही आधारमा आज कुुल सेयर कारोवार रकम सात अर्ब २८ करोड ४१ लाख ९४ हजार एक सय एक रुपैयाँ हुुन पुुगेको छ । आज वाणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटा समुहको कारोवार भएकोमा सबै सुचक उच्च अंकले घट्दा नेप्से पुरै रातो देखिएको छ ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा कुुमारी बैंकको संस्थापक सेयर, महिला लघुबित्त बित्तीय संस्था लगायतका कम्पनीहरु परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेठ, नारायणी डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरु परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक लगायतका कम्पनीहरु परेकाछन् ।