Kath Khabar
साधारण शेयरमा लगानी गर्ने चाहानेहरुको लागि फेरि आयो अवसर


काठमाडौं, असोज ३ । बुद्धभुभी हाईड्रो पावर कम्पनीले आठ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीका अनुसार यही असोज ११ गतेबाट एक सय रुपैयाँ अंंकित मुल्य कायम रहने गरी आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण शेयर जारी गर्न लागिएको हो ।

बिक्री गरिने कुल शेयर मध्ये पाँच प्रतिशत अर्थात ४० हजार कित्ता सामुुहिक लगानी कोषको लागि, दुई प्रतिशत अर्थात १६ हजार कित्ता र बाँकी रहेको सात लाख ४४ हजार कित्ता शेयर भने सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ । लगानीकर्ताहरुले न्युनतम १० देखि ५० हजार कित्तासम्मको शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी ७५ करोड रुपैयाँ रहेको संस्थाको जारी पुँजी४० करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको छ । साधारण आयोजना प्रभावित क्षेत्रका जनताको लागि छुट्याएको र सर्वसाधारणको लागि छुट्याएको सबै शेयरको बिक्री पश्चात संस्थाको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीको शेयर निष्काशन एवं बिक्री प्रर्वन्धककोरुपमा भने सिभिल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको शेयर बिक्री कार्य छिटोमा यही असोज १४ गते र ढिलोमा असोज २५ गते बन्द हुने छ ।  

 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update