Kath Khabar
सेयर बजारमा कोरोना भाईरसको प्रभाव, निशेधाज्ञाको चर्चा संगै ६५ अंकले घट्यो सेयर बजार 

काठमाडौं, वैशाख १३ । सेयर बजारमा कोरोना भाईरस (कोभिड १९) को महामारीको प्रभाव देखिएको छ । कोभिड १९ महामारी र यसको नियन्त्रणको लागि सरकारले चाल्न सक्ने संभावित कदम निशेधाज्ञाको चर्चा चलेसंगै नेप्से उच्च अंकले घटेको हो । 
अघिल्लो दिन अर्थात आईतबार एकैदिन ७५ अंकले घटेको नेप्से आज सोमबार पनि ६५ दसमलव ५८ अंकले घटेर २५ सय छ दसमलव ६१ अंकमा कायम हुन पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि ११ दसमलव २४ अंकले घटेर चार सय ५२ दसमलव ७९ अंकमा सिमित हुुन पुुगेको छ । नेप्सेमा आज सबै समुह गरी कुुल दुुई सय २० वटा कम्पनीहरुको ८६ हजार ९२ पटक सेयर किनबेच भएकाछन् । जसबाट एक करोड २९ लाख ११ हजार सात सय २१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम छ अर्ब ५९ करोड नौ लाख २८ हजार दुई सय दुुई रुपैयाँ पुुगेको छ । 
नेप्सेमा आज बााँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटा उपसमुहको कारोवार भएकोमा सबै उपसमुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । आज कारोवार भएका मध्ये बिशाल बजार कम्पनी, महिला लघुुबित्त बित्तीय संस्थाको आदिको सेयर मुल्य बढेपनि रिलायन्स फाईनान्स, सिन्धुु बिकास बैंक आदिको सेयर मुल्य घटेकाछन् । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपरतामाकोशी हाईड्रो पावर कम्पनी, नबिल बैंक आदिको सबैभन्दा बढी रकम कारोवार भएकाछन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update