Kath Khabar
बैंकहरुबिच निक्षेप खोस्ने होडबाजी सुरु, सेयरबजार ओरालो यात्रामा

काठमाडौं, असोज  । बैंक तथा वित्त संस्थाहरुमा ब्याजदर बढाएर निक्षेप खोस्ने होडबाजी फेरी सुरु भएको छ । महामारीका कारण अधिक तरलता भएकाले सिमा भित्रै बसेको ब्याजदर फेरी उकालो लाग्न सुरु गरेको छ । जसको सिधा असर सेयरबजारमा पर्न सुरु गरिसकेको छ ।

बैंकको ब्याजदर सेयरबजारको सम्वन्ध ठ्याक्कै उल्टो हुन्छ । ब्याजदर बढेसँगै सेयरबजार ओरालो लाग्छ  । बैंकहरुबाट ठूलो मात्रामा कर्जा प्रवाह बढेको छ । जसका कारण बैकहरु झन्डै तरलता अभावको स्थितीमा पुग्न थालेका छन् ।

बैंकहरुले एक आपसमा लिने ऋण अर्थात अन्तर बैंक ब्याजदर नै चार प्रतिशत भन्दा माथि पुगेको छ । साथै एक बैंकबाट अर्काे बैंकले यस्तो निक्षेप समेत पाउन छाडेको बैंकर्सहरु बताउनु हुन्छ  ।

एक बैंकर्सले भन्नु भयो ‘ यहि दरमा कर्जाको माग बढ्ने हो भने भोलिका दिनमा निक्षेपको ब्याजमा भद्र सहमति गरेर ब्याजलाई सिमामा राख्नुपर्ने स्थिती आउने मैले देखेको छु । ’

अहिले १ वर्षे मुद्दति निक्षेपको ब्याज नै १० प्रतिशत माथि पुगेको छ । सनराइज बैंकले गत भदौसम्म १ वर्षे मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याज दिएकोमा अहिले त्यसलाई बढाएर १० दशमलव शुन्य सात प्रतिशत पुराएको छ । अर्थात एक महिनाको अन्तरालमा नै यसको ब्याज ३ दशामलव शुन्य  सात प्रतिशतले बढेको छ ।

कोरोना महामारी पछि बिस्तारै खुलेको बजारका कारण कर्जा प्रवाह बढेको  छ । तर , कर्जा बिस्तारको अनुपातमा निक्षेप बढ्न  सकेको छैन । बरु कर्जा त घट्दो क्रममा छ । गत असारको तुलनामा करिब ३० अर्ब बराबरको निक्षेप घटेको बैंकर्सहरु बताउनु हुन्छ ।

अर्थात महामारी खुुलेसँगै कैयनले बैंकबाट रकम निकालेर अन्य  व्यवसाय गर्न सुरु गर्न थाल्नु भएको छ । साथै कैयनले ऋण नै लिएर पनि व्यवसाय गर्न सुरु गर्नु भएको छ ।

महामारीका कारण ब्यापार व्यवसाय खासै हुन सकेको थिएन । जसका कारण ब्यापारीहरुले बैंकमा लगेर जम्मा गर्ने नै गरि नाफा कमाउन सक्नु भएको छैन् ।

बैंकमा कम ब्याजदरमा पैसा आउन छाडेपछि बैंकहरुले ब्याजदर बढाएका हुन् । महामारीका कारण ओरालो लागेको ब्याजदर अब बिस्तारै उकालो लाग्न थालेको छ ।

निक्षेपको ब्याज बढेसँगै अब कर्जाको पनि ब्याज बढ्नेछ । कर्जाको ब्याज बढ्दा भने यसले आन्तरिक बजारको उत्पादन लागत बढाउनेछ । तर, बढ्दो ब्याजका कारण ग्राहकले बचत गर्ने बानीको पनि बिकास हुने देखिन्छ ।

तर ब्याज बढेको कारण उत्पादन लागत  त छदैछ यसले महामारीबाट थलिएका ब्यापारी माथि उठ्न पनि कठिन गराउनेछ ।  उद्योगीहरुले गत साउनमा मौद्रिक नीति माथि सुझाव दिदै ब्याजदरलाई एकल अंकमा नै सिमित राख्नुपर्ने बताएका थिए । तर, यो अब संभव नहुने देखिएको छ ।
    

 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update