
काठमाडौं, असोज ८ । सााधारण शेयरमा लगानी गर्न चाहाने लगानीकर्ताहरुलाई पुन: नयाँ अफर आएको छ । दशैंअघि नै न्यादी हाईड्रो पावर कम्पनीले सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ । बिक्री प्रर्वन्धक ग्लोवल आईएमई क्यापिटल मार्फत यही असोज १५ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी २२ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।
उक्त शेयर मध्येमा दुई प्रतिशत अर्थात ४५ हजार कित्ता कर्मचारीहरको लागि, पाँच प्रतिशत अर्थाात एक लाख १२ हजार पाँच सय कित्ता सामुुहिक लगानी कोषको लागि र बाँकी २० लाख ९२ हजार पाँच सय कित्ता शेयर सर्वसाधारणको लागि छुट्याएकोे छ । खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको शेयर खरिदको लागि आवेदन दिन कम्पनीले जानकारी दिएको छ । अधिकृत पुँजी एक अर्ब ५० करोड र जारी पुंँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब एक करोड ५० लाख रुपैयाँ रहेको छ ।
सह निष्काशन तथा बिक्री प्रर्वन्धककोरुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको कम्पनीको शेयर बिक्री कार्य छिटोमा यही असोज १९ गते र ढिलोमा यही असोज ३१ गते बन्द हुने कम्पनीले जानकारी दिएको छ ।