
काठमाडौं, वैशाख १४ । नेप्सेमा पुरै हरियाली छाएको छ । यसअघि लगातार घटेर पुरै रातो भएको सेयर बजार आज मंगलबार भने उच्च अंकले बढेर पुरै हरियाली देखिएको हो । नेप्से आज ९२ दसमलव ४६ अंकले बढेर २५ सय ९९ दसमलव सात अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि १४ दसमलव ४८ अंकले बढेर चार सय ६७ दसमलव २८ अंकमा पुुगेको छ ।
नेप्सेमा आज दुुई सय १६ वटा कम्पनहरुको ६३ हजार पाँच सय ५८ पटक सेयर किनबेच भएकाछन् । जसबाट एक करोड दुुई लाख दुुई हजार दुुई सय १९ कित्ता सेयर खरिद बिक्री भएकाछन् भने कारोवार रकम पाँच अर्ब १० करोड ९० लाख ९६ हजार नौ सय ५७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक उच्च अंकले बढेकाछन् । सोही आधारमा नेप्से आज पुरै हरियो देखिएको छ । आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी, बिशाल बजार कम्पनी आदिको सेयर मुल्य बढेको छ भने आईसीएफसी फाईनान्स, ग्लोवल आईएमई बैंक आदिको सेयर मुल्य घटेकाछन् ।अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुर्नबीमा कम्पनी आदिको भने आज बढी रकम कारोवार भएकाछन् ।