Kath Khabar
मध्य भोटेकोशी जलबिद्युुत कम्पनीको ९० करोड रुपैयाँको साधारण सेयर असोज २० गतेबाट

काठमाडौं, असोज १३ । साधारण सेयर (आईपिओ) मा लगानी गर्नेहरुको लागि अर्को पनि अवसर आएको छ । दशैं अगाडि नै मध्य भोटेकोशी जलबिद्युुत कम्पनीले ९० करोड रुपैयाँको साधारण सेयरको विक्री खुल्ला गर्ने भएको छ । असोज २० गतेबाट कम्पनीले विक्री प्रर्वन्धक ग्लोवल आईएमई क्यापिटल मार्फत एक सय रुपैयाँ अंंकित मुल्य कायम रहने गरी ९० लाख कित्ता साधारण सेयरको विक्री खुल्ला गर्ने भएको छ ।

उक्त सेयर मध्येमा चार प्रतिसत अर्थात तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुको लागि, पाँच प्रतिसत अर्थात चार लाख ५० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणको लागि छुट्याईएको कम्पनीले जानकारी दिएको छ ।

हाल अधिकृत पुंजी छ अर्ब २१ करोड तथा जारी पुंजी छ अर्ब रुपैयाँ रहेको छ ।साधारण सेयरको विक्री पश्चाात भने चुक्ता पुंजी चार अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । साधारण सेयरको सह विक्री प्रर्वन्धककहरुमा एनआईबिएल एस क्यापिटल लिमिटेड, प्रभुु क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेड रहेको कम्पनीले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update