
काठमाडौं, वैशाख १५ । सेयर बजार खुम्चिएको छ । अघिल्दो दिन एकैपटक ९२ अंकले बढेको नेप्से आज बुधबार १३ दसमलव ७९ अंकले घटेर २५ सय ८५ दसमलव २८ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव १६ अंकले घटेर चार सय ६५ दसमलव ११ अंकमा खुम्चिएको छ । आज दुुई सय १५ वटा कम्पनीहरुको ४६ हजार नौ सय ५९ पटक सेयर किनबेच भएकाछन् । सोही आधारमा ८९ लाख ६५ हजार पाँच सय ८८ कित्ता सेयर खरिदबिक्री भएकाछन भने कारोवार रकम तीन अर्ब ९९ करोड चार लाख ३१ हजार दुई सय ३६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा उपसमुहको कारोवार भएकोमा टे«डिङ, उत्पादनमुलक र अन्य उपसमुहको सुचक सामान्य अंकले बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक उच्च अंकले घटेकाछन् ।
आज कारोवार भएका मध्ये महिला लघुुबित्त बित्तीय संस्था, बिशाल बजार कम्पनी, नारायणी डेभलपमेन्ट बैंक आदिको प्रतिकित्ता सेयर मुल्य बढेकोमा पोखरा फाईनान्स, प्रोग्रेसिभ फाईनान्स, सिन्धुु बिकास बैंक आदिको सेयर मुल्य घटेकाछन् । यसैगरी आज कारोवार भएका कुुल कम्पनीहरु मध्ये एनसीसी बैंक, अपरतामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी आदिको सबैभन्दा बढी रकम कारोवार भएकाछन् ।