Kath Khabar
सेयर बजारमा निषेधाज्ञाको प्रभाव

काठमाडौं, वैशाख १६ । अघिल्लो दिन १४ अंकले घटेको नेप्से आजपुुन: बढेको छ । निशेधाज्ञा कै अवधिमा पनि आज नेप्से २५ दसमलव ८२ अंकले बढेर २६ सय ११ दसमलव १० अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि ३ दसमलव ९१ अंकले बढेर ४ सय ६९ अंकमा चढेको छ । 

आज सबै गरी २ सय १७ वटा कम्पनीहरुको सेयर कारोवार  भएको छ । जसबाट ५० हजार छ सय ७३ पटकको कारोवारमा ९८ लाख १८ हजार ४६ कित्ता सेयर खरिद बिक्री भएको छ भने कुुल कारोवार रकम ४ अर्ब ३५ करोड ७० लाख १९ हजार दुुई सय ४९ रुपैयाँ पुगेको छ । आज कारोवार भएका १३ वटा समुहमध्ये होटल तथा पर्यटन र लगानी समुहको सुचक घटेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, निर्जिवन तथा जीवनबीमा सहितका ११ वटा समुहको सुचकहरु उच्च अंकले बढेको छ । 

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज सिंगटी हाईड्रो पावर कम्पनी, महिला लघुुबित्त बित्तीय संस्था, आदिको सेयर मुल्य बढेको छ  भने श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी, नेपाल हाईड्रो डेभलपर कम्पनी आदिको सेयर मुल्य घटेको छ । नेप्सेमा आज नेपाल क्रेडिट एण्ड कर्मस बैंक, शिवम सिमेन्ट, नेपाल पुर्नबीमा कम्पनी आदिको बढी रकमको कारोवार भएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update