Kath Khabar
मध्य भोटेकोशीको ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि

काठमाडौं, असोज २० । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपीओ) बुधबारबाट बिक्री खुल्ला गरेको छ ।  कम्पनीले दोस्रो चरणमा असोज २० गतेदेखि सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल निष्काशित ९० लाख कित्ता आईपीओमध्ये ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख ५० हजार कित्तासामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले ८१ लाख ९० हजार कित्ताका लागि आवेदन गर्न पाउनु हुनेछ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ८ लाख १९ हजारले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनु हुनेछ ।

लगानीकर्ताहरुले यस सर्वाजनिक निष्काशन आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था रहेको छ । आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update