आजबाट तीन दिन मौसम बदली हुने: मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौ, असोज ३०। जल तथा मौसम विज्ञान विभागले शनिबारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने जानकारी दिएको छ।
भारतको आन्द्रप्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिबारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने र आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ।
देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा बदली रहनेछ। प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८ ०९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय