दम बढेपछि मोहन वैद्य नर्भिक अस्पताल भर्ना

काठमाडौं, असोज ३१ । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
एक्कासी दम बढेर छातिमा पीडा भएपछि उहाँलाई अस्पताल ल्याइएको हो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर उहाँलाई केही गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार जारी राखिएको छ । अस्पताल ल्याएलगत्तै उहाँको छातिको एक्सरे गरिएको थियो, सो क्रममा सामान्य दाग समेत देखिएको छ ।
नेता वैद्य लामो समयदेखि दमबाट पीडित हुनुभएकोले आइतबार बिहान उहाँमा देखिएको समस्या गम्भीर नरहेको समेत चिकित्सकहरुले बताउनुभएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८ १६:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय