Kath Khabar
ईङवा हाइड्रोपावरको साधारण शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

काठमाडौं, कात्तिक ४ । ईङवा हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपिओ) को निष्काशन तथा बिक्री प्रर्वन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । प्रति शेयर अंकित मूल्य एक सय रुपैया दरको १९ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशनको लागि उक्त कम्पनीलाई बिक्री प्रर्वन्धक तोकिएको ईङवा हाईड्रोले जानकारी दिएको छ । 

ईङवा हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, काठमाडौं वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रर्वन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

ईङवा हाइड्रोपावर लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update