Kath Khabar
धुलिखेलमा जिपलाइन खेल्दै पुर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक ५ । पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गर्नुभएको छ । नाति नातिनी सहित पुग्नुभएका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव लिनुभएको छ ।

सहासिक गतिविधिमा आफुलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफुले जिपलाइनको निक्कै मज्जा लिएको बताउनुभयो । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ । सिन्धुपाल्चोकका केदार थापा (३८ बर्ष) (अध्यक्ष) र काठमाडौंका भुपेश श्रेष्ठ (२९ बर्ष) ले वर्ल्ड वाइड एड्भेन्चर प्रा लि मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सन्चालनमा ल्याउनुभएको हो ।

जिपलाइनको टेक अफ (थाक्ले डाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरि ११ सय मिटर रहेको छ। भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ । काठमाडौंबाट करिब ३५ किलोमिटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट

टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ ।

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update