Kath Khabar
महुली लघुवित्तले २६ प्रतिशत लाभांश दिने

काठमाडौं, कार्तिक १४ । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तको कात्तिक १३ गते शनिबार सम्पन्न सञ्चालक समितिको १२० औँ बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले कुल चुक्ता पुँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँको २६ प्रतिशतले हुन आउने रकम लाभांश बोनस सेयरका रुपमा वितरण गर्ने निणर्य गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सञ्चालक समितिले पाउनेछन् ।

लघुवित्तको २०७८ असार मसान्तसम्म चुक्ता पूँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँ छ । यसअनुसार २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बरबरको बोनस शेयर वितरण गर्नेछ ।

प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ । प्रस्तावित ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update