Kath Khabar
निषेधाज्ञामा नेप्सेः सबै क्षेत्र बन्द, सेयर बजारमा भने हरियाली

काठमाडौं, वैशाख १९ । सरकारले कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि जारी गरेको निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द रहेको भएपनि नेप्से अर्थात सेयर बजार भने पुरै हरियो भएको छ ।

 नेप्से आज आईतबार एकैदिन ५४ अंकले बढेर २६ सय ६५ दसमलव १० अंकमा पुग्दा सेन्सिटिभ पनि ८ दसमलव ७८ अंकले बढेर ४ सय ७७ दसमलव ८१ अंकमा पुुगेको छ । आज नेप्सेमा २ सय २६ वटा कम्पनीहरुको ८३ हजार ४ सय ४ पटकको कारोवारमा १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर किनबेच भएकाछन् । उक्त किनबेचबाट आज ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँको सेयर कारोवार भएको छ । 

नेप्सेमा आज १३ वटा उपसमुहरुको कारोवार भएकोमा जीवन बीमा, निर्जिवन बीमा, होटल तथा पर्यटन, वाणिज्य बैंक, विकास बैंक सहितका १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । आज महिला लघुुबित्त वित्तीय संस्था, बिशाल बजार कम्पनी आदिको सेयर मुल्य बढेकाछन भने गुुडविल फाईनान्स, नारायणी डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुको सेयर मुल्य घटेकाछन । आज कारोवार भएकाहरु मध्ये नेपाल क्रेडिट एण्ड कर्मस बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल टेलिकम आदिको सबैभन्दा बढी रकम कारोवार भएकाछन् ।  

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update