
काठमाडौं, कार्तिक १६ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) मंगलबार बाँडफाँड भएको छ ।कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका दरले प्राप्त गर्नु भएको छ ।
कम्पनीले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँडमा आवेदन दिएर योग्य भएका २१ लाख २० हजार ८८८ जना लगानीकर्ताको हात खाली भएको छ । जुन कुल योग्य आवेदकको ९६.९० प्रतिशत हुन आउँछ ।
कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलले शेयरको बाँडफाँड कार्यक्रममा दोहोरो आवेदन दिएकामध्ये दोहोरो आवेदन र अन्य कारणबाट ९ हजार ९८६ वटा आवेदन रद्द भएको छ । उल्लेखित संख्याबाट १ लाख २३ हजार ८३० कित्ता शेयर माग भएको थियो ।
आईपीओमा आवेदन दिएकामध्ये २१ लाख ८८ हजार ७७८ वटा आवेदनबाट परेको २ करोड ५० लाख ९६ हजार ७० कित्ताको माग सदर भएका थिए । उल्लेखित संख्याको आवेदकलाई शेयर बाँडफाँडमा सहभागि गराइएको थियो ।
धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार मंगलबार बिहान ८ः३० बजे भएको शेयर बाँडफाँडमा ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । जुन कुल योग्य आवेदकको ३।१० प्रतिशत मात्र हो ।
कम्पनीको आईपीओमा अन्तिम दिन कार्तिक ८ गतेसम्ममा २१ लाख ९८ हजार ७६४ वटा आवेदन परेको थियो । उक्त संख्याको आवेदनबाट २ अर्ब ५२ करोड १९ लाख ९० हजार रुपैयाँ बराबरको २ करोड ५२ लाख १९ हजार ९०० कित्ताकालागिआवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ३७।१४ गुणा धेरै हो ।
कम्पनीले कार्तिक ४ गतेदेखि कुल ७ लाख ३० हजार कित्ता साधारण शेयरको बिक्री खुला गरेको हो । कुल निष्काशन तथा बिक्री खुला गरिएको शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । यसरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।