Kath Khabar
एचआईडीसीएलले लाभांश घोषणा

काठमाडौं, कार्तिक १६। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १५ गते साँझ बसेको सञ्चालक समितिको बबैठकले उक्त निर्णय गरेको हो ।

जसअनुसार २०७८ असार मसान्तसम्म सञ्चित रहेको वितरणयोग्य नाफा तथा जगेडा कोषबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर तथा ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशतले हुने आउने १ अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.४२ प्रतिशतका दरले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८४२ रुपैयाँ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

सेयरधनीले उक्ता लाभांश सरकारको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि पाउनु हुनेछ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update