Kath Khabar
१३९ जनामा कोभिड १९ को संक्रमण पुष्टि

 

काठमाडौं, कात्तिक २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक २० गते शनिवार नेपालमा थप एक सय ३९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुबाट तीन हजार नौ सय ३२ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार चार सय ३९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन सय ९६ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update