
काठमाडौं, कार्तिक २९ । आरएसडिसी र लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुबै लघुवित्तले कार्तिक ३० गते मंगलबार शेयर दाखि खारेजी (बुकक्लोज) गर्दैछन् । यस अनुसार सोमबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र ती कम्पनीले वितरण गर्ने लाभांश पाउनु हुनेछ ।
लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७.३७ प्रतिशत नगद लाभांश गरी कुल २७.३७ प्रतिशत र आरएसडिसी लघुवित्तले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
लाभांश पारित गर्न लक्ष्मी लघुवित्त र आरएसडिसी लघुवित्तले दुबैले मंसिर १० गते एकैदिन साधारण सभा बोलाएका छन् ।