Kath Khabar
साधारण सभाबाट सिभिल लघुवित्तको २० प्रतिशत लाभांश अनुमोदन

काठमाडौं, कार्तिक २९ । सिभिल लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारण सभाले २० प्रतिशत लाभांश पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष सचिन जङ्ग रायमाझीको अध्यक्षतामा सभा सम्पन्न साधारण सभाले १९ प्रतिशत बोनश शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित भएको हो । साथै सभाले आगामी आर्थिक बर्षका लागि लेखापरिक्षक समेत नियुक्त गरेको छ ।

संस्थाले हालसम्म ७४ शाखा कार्यालयहरु मार्फत ५८ हजारभन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै ७५ करोड बचत संकलन गरी ३ अर्ब २७ करोड भन्दा बढी लगानी गरेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update