Kath Khabar
झिनो अंकले बढ्यो नेप्से 

काठमाडौं, वैशाख २१ । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज मंंगलबार भने एक दसमलव ९४ अंकले बढेर २६ सय ५४ दसमलव ६९ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ३२ अंकले बढेर चार सय ७५ दशमलव ४४ अंकमा चढेको छ । नेप्सेमा आज दुुई सय १३ वटा कम्पनीहरुको ६८ हजार तीन सय १९ पटकको कारोवारमा एक करोड ३० लाख १५ हजार एक सय ८३ कित्ता सेयर खरिदबिक्री हुंदा कुुल कारोवार रकम छ अर्ब पाँच करोड २२ लाख ३६ हजार आठ सय ११ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा उपसमुहको कारोवार भएकोमा  वाणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स र अन्य उपसमुहको सुचकहरु घटेकाछन भने ट्रेडिङ, लघुुबित्त, जलबिद्युुत, उत्पादनमुुलक, सामुहिक लगानी कोष र लगानी उपसमुहको सुचकहरु सामान्य अंकले बढेकाछन् ।

 नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा महिला लघुुबित्त बित्तीय संस्था, समता लघुुबित्त बित्तीय संस्था, बिशाल बजार कम्पनी आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने चन्द्रागिरी हिल्स लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरु परेकाछन । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एनसीसी बैंक, अपी पावर लिमिटेड आदि परेकाछन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update