Kath Khabar
नेप्सेमा पुुन: गिरावट

काठमाडौं, वैशाख २२ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्सेमा आज बुधबार पुुन: गिरावट आएको छ । नेप्से आज पाँच दशमलव नौ अंकले घटेर २६ सय ४९ दशमलव ६० बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि एक दशमलव ६३ अंकले घटेर चार सय ७३ दशमलव ८१ बिन्दुुमा झरेको छ । दुुई सय १८ वटा कम्पनीहरुको ७८ हजार सात सय ७१ पटकको कारोवारमा एक करोड ४८ लाख ६७ हजार नौ सय ९५ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंंदा कुुल कारोवार रकम छ अर्ब २१ करोड ६८ लाख १४ हजार तीन सय १३ रुपैयाँ पुगेको छ । 

आज १३ वटा समुहको कारोवार हुुंदा चार वटा समुहको सुचक बढेपनि बाँकी समुहको सुचक उच्च बिन्दुुले घटेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक चार दशमलव ९९ अंकले घटेर १७ सय ७१ दशमलव ६१ बिन्दुुमा झरेकोमा बिकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादनमुुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन् । जलबिद्युुत समुहको सुचक भने आज ४५ दशमलव २७ अंकले बढेर २६ सय ५७ दसमलव २७ बिन्दुुमा चढेकोमा निर्जिवन बीमा, ट्रेडिङ र फाईनान्स समुहको सुचक पनि बढेकाछन् ।

 नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रैराङ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर चार सय सात रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको आशा लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य भने तीन दशमलव ४३ प्रतिसतले घटेर १८ सय ८८ रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रभुु इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय ५१ रुपैयाँ अन्तिम मुल्यमा २३ करोड ६९ लाख ६८ हजार सात सय ७६ रुपैयाँको सेयर किनबेच भएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update