महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, मंसिर १५। महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बिहीवार (मंसिर १६ गते) एक दिन बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनु हुनेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २२ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा हिमालय दृश्य रिर्सोट धुलिखेलमा बिहान १०ः३० बजे शुरु गर्ने जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८ ०९:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय